जनकल्याणका विद्यार्थीलाई पोशाक र शैक्षिक समाग्री सहयोग
तनहुँ | असार ३, २०८१
तनहुँ: चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा १ चण्डीमैदानले शुक्लागण्डकी नगरपालिका १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।
क्लबले सामाजिक उत्तरदायीत्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।
क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष रानाले सन्देश दिने उद्देश्यसहित सहयोग गरेको बताएका थिए ।
यस्तै विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो ।
चण्डी देउराली क्लब विभिन्न खेलकुदसँगै सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

